काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल युएईसँग पराजित, विश्वकप सपना अधुरै

9.68K
shares

नेपाल आइसीसी टी-२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग ६८ रनले पराजित हुँदै नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

सेमिफाइनलमा युएईलाई पराजित गरेको भए नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने थियो। यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको थियो । तर, मंगलबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले जितका लागि दिएको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल त्यसको आसपास पनि पुग्न सकेन ।

बलिङ र ब्याटिङ दुवैमा कमजोर सावित भएको नेपाल १८.४ ओभरमा १०७ रन बनाउँदै आउट हुन पुग्यो ।