काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्लाहीमा ट्रकको ठक्करबाट १६ बर्षीय छात्रको मृत्यु 

12.29K
shares

सर्लाहीकाे लालबन्दी नगरपालिका-९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा ट्रकले ठक्कर दिँदा एक छात्रको मृत्यु भएको छ । आज विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी-९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय दीपेन्द्रकुमार यादवकाे मृत्यु भएकाे हाे ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख इन्स्पेक्टर निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।