एफवानसफ्ट आइसीटी अवार्ड : यी हुन् १२ विधाका सर्वोत्कृष्ट विजेता
वि.सं.२०७८ पुस ३ शनिवार २३:५२
shares

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले गत शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसीटी अवार्ड २०२१ प्रदान गरिएको थियो ।
छैटौं संस्करणको रुपमा आयोजना भएको आइसीटी अवार्डको ५ महिनादेखि छनौट प्रक्रिया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो । अवार्ड विजेताले महत्वपुर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाख बराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निशुल्क कन्सल्टेन्ट र २ विद्यालयलाई एक वर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी सस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए ।
एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आइसीटी अवार्ड २०२१ को मुख्य प्रायोजन एफवान सफ्ट, सहप्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् ।
यी हुन् एफवान सफ्ट आइसीटी अवार्ड २०२१ विजेताहरु :
१. ह्वावे स्टार्टअप आइसिटी अवाड – खेती भेञ्चर
२. प्रडक्ट आइसिटी अवार्ड– मिखा
३. राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
४. नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
५. एनसेल वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
६. आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान, योमरी
७. नेपाली डायस्पोरा आइसिटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा
८. डिजिटल सर्भिसेस आइसिटी अवार्ड – नेपाल क्लियरि हाउस लिमिटेड
९ं डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
१०.डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
११. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
१२. पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी


























