काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५,४८३ पीसीआर गर्दा १५८ जनामा कोरोना पुष्टि, २५० संक्रमणमुक्त, २ को मृत्यु

13.25K
shares

पछिल्लो २४ घण्टाभित्र नेपालमा ५ हजार ४८३ जनामा पीसीआर परीक्षण गर्दा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । त्यसैगरी, २ हजार ५१४ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ७ हजार ९९७ परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको हाे । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ पुगेको छ । २४ घण्टामा २५० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ ।

नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शनिबार २ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।