नेशनल लाइफकाे ‘जीवन श्री सावधिक अमृत बिमालेख’ : ऋणसहित ८० वर्षसम्म आयश्रोत
वि.सं.२०७८ पुस ३ शनिवार ००:२३
shares
नेशनल लाइफ इन्स्योरेन्सले ‘जीवन श्री सावधिक अमृत बिमालेख’ नामक नयाँ बिमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बिमालेखको सुरूवात गरेकी हुन् ।
कम्पनीले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै उक्त बिमालेख सार्वजनिक गरेको हो । यो योजनामा आफ्नो आयश्रोतअनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बिमा गर्न सकिने छ । साथै, यसमा सहभागी हुने बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बिमांक र बोनस वितरण गरिने कम्पनीले जनाएको छ ।
बिमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बिमांकको आयश्रोतको रुपमा उपलब्ध हुने यस बिमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बिमालेखबाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ ।
यस बिमालेखमा ऋण सुविधासमेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने छ । साथै, नाफामा सहभागी हुने यस बिमालेखबाट बीमितलाई आकर्षक प्रतिफलसमेत पाइने कम्पनीले जनाएको छ । त्यस्तै, जोखिम बहन पनि हुने र बचत पनि हुने यस बिमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनीले विश्वास लिएकाे छ ।

























