कांग्रेस बैठक : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित
वि.सं.२०७८ मंसिर २३ बिहीवार २१:१५
shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिक सहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह सहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए । काठमाडौँमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ ।

























