गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : युभेन्ट्समाथि चेल्सीको फराकिलो जित
च्याम्पियन्स लिग फुटबल : युभेन्ट्समाथि चेल्सीको फराकिलो जित
प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक एक गोल गरे । यस जितसँगै चेल्सीले ५ खेलमा १२ अंक जोडेको छ । चेल्सी समूह 'एच' को शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्स १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहबाट दुवै टिम नकआउट चरणमा पुगिसकेका छन् ।
प्रकाशित समय : १४:४५ बजे


















