गृहपृष्ठ जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी
जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भए पनि कार्यान्वयन हुन नसकेकोमा दुखेसो व्यक्त गरे ।
दलित महिला संघले मंगलबार बुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए । छुवाछूत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
मुख्यमन्त्री केसीले सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको उल्लेख गरे । उनले लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताए ।
प्रकाशित समय : १४:५० बजे


















