गृहपृष्ठ गाडीको ठक्करबाट पश्चिम नवलपरासीमा २ जनाको मृत्यु
गाडीको ठक्करबाट पश्चिम नवलपरासीमा २ जनाको मृत्यु
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ रमवापुरमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवर रहेका छन् ।
राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
प्रकाशित समय : १६:३० बजे


















