global ime bank Long Banner Ad

गृहपृष्ठ सातादेखि हराइरहेकी महिला मृत भेटिइन्

सातादेखि हराइरहेकी महिला मृत भेटिइन्

सातादेखि हराइरहेकी महिला मृत भेटिइन्

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु