global ime bank Long Banner Ad

गृहपृष्ठ हुम्लाको लिमीमा सकियो जनगणना

हुम्लाको लिमीमा सकियो जनगणना

हुम्लाको लिमीमा सकियो जनगणना

राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदैछ । 

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण संकलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण संकलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं-६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मंसिर २५ गतेदेखि विवरण संकलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यसपटकको गणनामा लिमीका १ सय ४७ घरधुरीको विवरण संकलन भएको छ ।

जडीबुटी संकलनले गणकलाई फारम भर्न समस्या

जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी संकलन गर्न गएका छन् । यसले उनीहरुको विवरण संकलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताए । ‘अधिकांश नागरिक जडीबुटी संकलनका लागि वनपाखातिर गएका छन्, हामीलाई विवरण लिन निकै समस्या परेकाे छ’, उनले भने ।

जडीबुटी संकलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट-१ र २, खार्पुनाथ गाउँपालिका-२, ३ र ५, चंखेली गाउँपालिका-५ का बासिन्दा यतिबेला जडीबुटी संकलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् । 

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु