गृहपृष्ठ नेपालको पर्यटन सद्भावना दूत बन्न रामदेवलाई बोर्डको प्रस्ताव
नेपालको पर्यटन सद्भावना दूत बन्न रामदेवलाई बोर्डको प्रस्ताव
नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक (सीईओ) डा. धनञ्जय रेग्मीका अनुसार बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको हो । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरेको रेग्मीले बताए ।
प्रकाशित समय : १८:४२ बजे



















