global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आइतबारदेखि देशव्यापी हुने बारको आन्दोलन (विज्ञप्तिसहित)

आइतबारदेखि देशव्यापी हुने बारको आन्दोलन (विज्ञप्तिसहित)

आइतबारदेखि देशव्यापी हुने बारको आन्दोलन (विज्ञप्तिसहित)

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि देशब्यापी रूपमा अन्दोलन गर्ने भएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्र लेखी मंसिर ५ गते आइतबारदेखि मंसिर १० गते शुक्रबारसम्म आन्दोलनको कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न आग्रह गरिएको छ ।

त्यस्तै सोमबार देशभरका अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु