काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

२८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

1.21K
shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ ।चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो ।