गृहपृष्ठ भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बसहान जानकारी दिएका छन् ।

निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात वटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । खोजी तथा उद्धारकार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु