global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सक्षम र सुनिरालाई स्वर्ण

सक्षम र सुनिरालाई स्वर्ण

सक्षम र सुनिरालाई स्वर्ण

नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं-एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को सिंगल्समा स्वर्ण जितेका छन् । शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेस्रो भए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा सुनिरा थापाले नेपालकी प्रशंसा मोक्तानलाई ६-१ र ६-२ को सिधा सेटमा हराइन् । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेस्रो स्थानमा चित्त बुझाए । त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गर्ल्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए ।

प्रतियोगिताअन्तर्गत सर्किट-२ का खेलहरु सोमबारदेखि सुरु हुनेछन् ।

प्रकाशित समय : १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु