global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् । महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागीता जनाउने भएका छन् । क्लब र जिल्ला गरी ३२ टीमबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम भने दर्ता भएको छैन ।

दर्ता भएका खेलाडीहरुको तौल र मेडिकल जाँच कार्तिक २९ गते बिहान ६ देखि ८ बजेसम्म हुनेछ । प्रतियोगिता दिउँसो १ बजेबाट सुरु हुनेछ । प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु