काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा विस्तार

7.77K
shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तिलोत्तमा नगरपालिका, रुपन्देही वडा नं.५ स्थित मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको बैंकले जनाइएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएकोसमेत  जानकारी गराएको छ ।