काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पल्सर मोटरसाइकलसहित एक पक्राउ 

8.02K
shares

काठमाडाैंको तार्केश्वरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका-४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सीसीको एनएस पल्सर मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरि बा. प्र. ०२-०१८ प ४३०१ नम्बर हालेर चलाइरहेको अवस्थामा कीर्तिपुर नगरपालिका वडा नं. २ चाँदनी चोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका एसएसपी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्र.३-०२-०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए । पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडाैं-३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।