भन्सार छलेर ल्याइएका सामान बरामद
वि.सं.२०८३ असोज २७ मंगलवार १८:२१
shares

कपिलवस्तु ।सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका १० लाख ७४ हजार बराबरका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको टोलीले खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पार्टस् बरामद गरेको हो । ती सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल पनि बरामद भएको छ । बरामद सामान तथा मोटरसाइकल कारबाहीका लागि कपिलवस्तु भन्सार कार्यालयमा बुझाइएको छ ।
























