global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिविरूद्ध नेपाल बन्दकाे घाेषणा

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिविरूद्ध नेपाल बन्दकाे घाेषणा

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धिविरूद्ध नेपाल बन्दकाे घाेषणा

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । नेकपा महासचिव रहेका विप्लवले बिहीबार वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न साे पार्टीकाे माग छ । उनले घोषणा गरेको विरोधका कार्यक्रमअनुसार आज देशव्यापी विरोध गर्ने, २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गरिनेछ । त्यस्तै कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्दै कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ 

‘पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ,’ विप्लवले भनेका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु