काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

8.26K
shares

नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।