global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अंकले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अंकले घटेर ५०२.१९ मा पुगेको छ ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० रूपैयाँ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ २९.०८, व्यापार ५९.२३, होटल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत् ७०.४५, वित्त १०९.२६, निर्जीवन बिमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, लघुवित्त ११४.१६, जीवन बिमा ३१६.४, सामूहिक लगानी कोष ०.०७ र लगानी २.८१ अंकले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको ४७ करोड ४९ लाख ३४ हजार ५२१ रूपैयाँ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक ३१ करोड आठ लाख ५७ हजार ४१६ रूपैयाँ, आइसीएफसी फाइनान्स २९ करोड २२ लाख ६५ हजार रूपैयाँ, अपी पावर कम्पनी १४ करोड ७३ लाख ३८ हजार रूपैयाँ र ज्योति विकास बैंकको १३ करोड ४४ लाख ४८ हजार ६९३ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ७.६४, गुडविल फाइनान्स ३.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले कमाए । यसैगरी आइसीएफसी फाइनान्स ९.९९, महालक्ष्मी विकास बैंक ९.९९, शिवश्री हाइड्रोपावर ७.३९, वरुण हाइड्रोपावर ६.२७ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.१४ प्रतिशतले गुमाए ।

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु