काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानसेनापतिद्वारा उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता

5.64K
shares

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशंकरसँग आज अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल-भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो ।

'नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । उनको यो भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई प्रस्ट्याउँछ,' बाह्य मामिलामन्त्रीले ट्विट गरेका छन् । त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि आजै द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ । यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उनलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ । उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुन् । सन् २०१३ मा प्रधानसेनापति शर्माले उक्त कलेजबाट प्रतिरक्षा तालिम गरेका थिए ।