global ime bank Long Banner Ad

गृहपृष्ठ थप ३०१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

थप ३०१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

थप ३०१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ६०९ जनामा पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखा परेको छ । आज देशभर पीसीआर र एन्टिजेन गरी कुल ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर कुल ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ८ लाख १६ हजार ६० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बुधबार पनि कोरोनाबाट ६ जनाकै ज्यान गएको थियो । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ४६६ जनाले ज्यान गुमाएका छन् ।

आज देशभर २७९ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ९७ हजार ५९ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ९८ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय : २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु