global ime bank Long Banner Ad

गृहपृष्ठ नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

ललितपुर। नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ ।

मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ ।

पशु सेवा विभागका सूचना अधिकारी डा इन्दिरा शर्माले भारतबाट उपहार स्वरूप प्राप्त मुर्रा राँगाबाट हालसम्म कूल एक लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको बताइन ।

उनले ४८ हजार ८५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पु¥याइएको बताइन । उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले विसं २०८० मङ्सिरमा उपहार स्वरूप उपलब्ध गराएको हो ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा सात, लहानमा पाँच र नेपालगञ्जमा तीन गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ ।

“मुर्रा राँगाबाट वीर्य सङ्कलन र वितरण निरन्तर भइरहेको छ । कृत्रिम गर्भाधानबाट पाडा जन्मिन थालेका छन् । तर यसबाट दूध उत्पादन र नश्ल सुधारमा कति प्रभाव परेको छ भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन”, डा शर्माले भनिन् ।

मुर्रा जातको भैँसीले एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिन्छ । जब नेपालका विभिन्न स्थानीय क्षेत्रका स्थानीय जातका भैँसीले सरदर एक हजार ५०० देखि एक हजार ६०० लिटरसम्म दूध दिन्छन् ।

कृत्रिम गर्भाधान प्रविधिको विस्तारसँगै उन्नत नश्लका भैँसी उत्पादन हुने, किसानको उत्पादन लागत घट्ने तथा दुग्ध उत्पादनमा वृद्धि भई पशुपालन व्यवसाय थप व्यावसायिक बन्ने अपेक्षा गरिएको पशु सेवा विभागले जनाएको छ ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु