गृहपृष्ठ प्रभु बैंकको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
प्रभु बैंकको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।
बैंकले गत मंगलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली-२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रकाशित समय : २२:०१ बजे



















