गृहपृष्ठ मंगलम पाइप्सद्वारा प्लम्बर टेक्निसियनमा तालिम प्रदान
मंगलम पाइप्सद्वारा प्लम्बर टेक्निसियनमा तालिम प्रदान
UK AID को सहयोगमा UNOPS र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशानलय नक्सालद्वारा 'ट्रेनिंग फर प्लम्बर टेक्निसियन' तालिम कार्यक्रम सञ्चालन गरिएको छ । विगत केही हप्तादेखि प्रहरी प्रधान कार्यालयमा सञ्चालन हुँदै आइरहेको कार्यक्रममा राम्रा र गुणस्तरिय नेपाली ब्राण्डहरुलाई तालिम प्रदान गर्न गरिएको निमन्त्रणालाई स्वीकार गर्दै मंगलम पाइप्सले तालिम प्रदान गरेको हो ।
सो ट्रेनिंङमा मंगलम पाइप्सले आफ्नो उत्पादनहरुको विषयमा जानकारी तथा प्लम्बरहरुलाई प्लम्बिङ गर्दा आउने समस्याहरु, सामान रोज्दा ध्यान दिनु पर्ने कुरा, प्रेसर टेस्टिंङको आवश्यकता र त्यसको उपयोग गर्ने सही तरिकालगायत सफल प्लम्बर हुनको लागि चाहिने महत्वपूर्ण कुराहरुको विषयमा जानकारी प्रदान गरेको थियो । कार्यक्रममा मंगलम पाइप्सको तर्फबाट मनोहर पौडेलले मंगलमको उत्पादन र प्लम्बिङसम्बन्धी जानकारी दिएका थिए ।
तालिम सञ्चालक समितिका को-अर्डिनेटर र सदस्य साथै भौतिक परियोजना प्रहरी कार्यालयकोअन्तगर्त प्रशासनिक कार्यमा कार्यरत रहेका पुरुषोत्तम माझीले भने, 'प्रहरीमा आबद्ध भई जागिर गरि रहनु भएको टेक्निसियनहरुको सिप तथा ज्ञानको वृद्धि विकासलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरिएको हो । यस्तो तालिमको पहिलो पटक आयोजना गरिएको हो र यो सफल भएको छ ।'
मंगलम इन्डस्ट्रिज प्राइभेट लिमिटेड नेपालको पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंङ प्रणालीका अग्रणी उत्पादक र नियार्त कर्ता रहेको कम्पनीको भनाइ छ ।
प्रकाशित समय : १८:४७ बजे



















