global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वोच्च परिसरमा प्रहरी-कानुन व्यवसायी झडप, ५ जना अधिवक्ता घाइते

सर्वोच्च परिसरमा प्रहरी-कानुन व्यवसायी झडप, ५ जना अधिवक्ता घाइते

सर्वोच्च परिसरमा प्रहरी-कानुन व्यवसायी झडप, ५ जना अधिवक्ता घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर छिर्न लागेका आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना कानुन व्यवसायी घाइते भएका छन् ।

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईका अनुसार बारका महासचिव लिलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् । अर्का एक कानुन व्यवसायीकाे परिचय खुलेकाे छैन । सर्वोच्च परिसरमा धर्ना दिन जाँदा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो । त्यस क्रममा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलित छ । सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएकाे हो ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु