गृहपृष्ठ आइसीसी टी-ट्वान्टी विश्वकप : दाेस्राे सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै
आइसीसी टी-ट्वान्टी विश्वकप : दाेस्राे सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै
आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरेट्सकाे अबुधाबीमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
उत्कृष्ट फर्ममा रहेको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो । अष्ट्रेलिया पनि पछिल्लो समय लयमा देखिएको छ । पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने-सामने भएका थिए । जसमा अष्ट्रेलियाले जित दर्ता गरेको थियो ।
विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गएराति इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्डले फाइनलमा स्थान पक्का गरिसकेकाे छ ।
प्रकाशित समय : १८:१४ बजे



















