बुधबार थपिए १४९० जना कोरोना संक्रमित
वि.सं.२०७७ मंसिर १७ बुधवार २२:५१
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
बुधबार १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । जसमा १६ हजार ५ सय ४७ जना अइसोलेसनमा र ६०५ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

























