global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ थप ४४१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु       

थप ४४१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु       

थप ४४१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु       

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४६८ जनामा पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनामा एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण देखा परेको छ । आज देशभर पीसीआर र एन्टिजेन गरी कुल ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ८ लाख १३ हजार ११ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ४१६ जनाले ज्यान गुमाएका छन् । आज देशभर ४९० जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ९२ हजार २७७ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ जना रहेका छन् । जसमध्ये ११८ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय : २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु