गृहपृष्ठ नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

नियमित कोटाको रासायनिक मल वितरण गरिँदै

जनकपुरधाम। कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यही साउन ११ गते निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।

सूचना अधिकारी साहका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै जिल्लामा स्थानीय तहहरूको सिफारिसअनुसार मलको वितरण सुरु गरिएको हो ।

मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोस्रो साता थप युरिया र डिएपी मल प्राप्त भएकाले मलको अभाव हटेको उहाँको भनाइ छ । उहाँका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाम धनुषामा हाल २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको छ । सुनसरी र सिरहाको घटनापश्चात् स्थानीय प्रशासनहरूले जारी गरेको कर्फ्यु र निषेधाज्ञाका कारण केही दिन मलको ढुवानी हुन नसक्दा केही समस्या भए पनि विस्तारै ढुवानी सुरु भइसकेकोले मल सहज भएको उनले बताए ।

 

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु