गृहपृष्ठ चौध जनाद्वारा आँखा दानको प्रतिबद्धता

चौध जनाद्वारा आँखा दानको प्रतिबद्धता

चौध जनाद्वारा आँखा दानको प्रतिबद्धता

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाको आयोजना एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हेटौँडाको हुप्रा चौरमा आज आँखा दान एवं नसर्ने रोगहरूको निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पताल, नेपाल आँखा कार्यक्रम र जनस्वास्थ्य कार्यालय, मकवानपुरको समन्वयमा गरिएको शिविरमा १४ जनाले आँखा दानको प्रतिबद्धता गर्नुभएको छ । एक सय छ जनाको मधुमेह, रक्तचाप, बिएमआईलगायत नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए।

साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको उनले बताए । साइक्लिङ क्लबका तर्फबाट समुदायमा आँखा दानको अभियान सुरु गर्नेमा सम्भवत आफूहरू पहिलो हुनसक्ने उनको भनाइ छ । सोसाइटीले साइक्लिङका माध्यमबाट हेटौँडासहित देशमा विभिन्न गन्तव्यको पर्यटन प्रवर्द्धनसँगै सम्पदा एवं ऐतिहासिकस्थलमा वृक्षरोपणको अभियानलाई पनि अघि बढाइरहेको उनले बताए ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु