गृहपृष्ठ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ, लाखाैं बरामद
जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ, लाखाैं बरामद
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेकाे छ । उनीहरूकाे साथबाट नगद र तास तथा काैडासमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पर्वतकाे जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसीलगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मालगायत ८ जना आइतबार दिउँसो पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-४, गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसिएसनमा तास खेलिरहेको अवस्थामा शर्मालगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त एसोसिएसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी, दाङकाे घोराही उपमहानगरपालिका-१४, रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बर्दिया, गुलरिया नगरपालिका-७, गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय रमेश यादवलगायत ९ जना आइतबार राति पक्राउ परेका छन् । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय शुनिल चौधरीलगायत १८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ८० हजार ७ सय ५० रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।
प्रकाशित समय : २१:५२ बजे


















