पुजा र आकाश अभिनित ‘जब तिमी’ सार्वजनिक (भिडियोसहित)
वि.सं.२०७८ कात्तिक १४ आइतवार १८:४२
shares

गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब तिमी' सार्वजनिक भएको छ । उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ ।
जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माबीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

























