काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चट्टान बने हेभी वेट च्याम्पियन

10.08K
shares

पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।

आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्टसहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे । प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन् । खेलसँगै जिल्लाको पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले रेस्लिङको आयोजना गरिएको थियो ।प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वर्ल्डले जिते । उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बनेका छन् । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बनेका छन् । उनले १लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताएका थिए । प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले यस प्रकारका प्रतियोगिता आयोजना गर्न स्थानीय तह आफै सक्रिय बन्नुपर्ने बताए । उनले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे ।