काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जादै

16.28K
shares

केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएको छ । उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिए ।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए । यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उनीहरुले कुराकानी गर्ने बताइएको छ ।

त्यसैगरी उनीहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिए ।