थप ८९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
वि.सं.२०७८ असोज १३ बुधवार २२:३५
shares

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ६५२ जनामा पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ८८९ जनामा एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखा परेको छ । आज देशभर पीसीआर र एन्टिजेन गरी १ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ७ लाख ९४ हजार १६३ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार १२३ जनाले ज्यान गुमाएका छन् । आज देशभर १ हजार ११३ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ६४ हजार ८४७ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ जना रहेका छन् । जसमध्ये १६ हजार ८७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै २४४ जना क्वारेन्टिनमा छन् ।

























