काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘महत्वपूर्ण’ कागजात नियन्त्रणमा

14.36K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ । साइकल खरिदमा अनियमितता भएको उजुरीको छानविनको क्रममा बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

प्रदेश-२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । साे कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि त्यससम्बन्धी महत्वपूर्ण कागजात लिन छापा मारेको अख्तियारले जनाएकाे छ ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको हाे ।