काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसुङको ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना सार्वजनिक

14.34K
shares

सामसुङ नेपालले दसैं तिहारको अवसरमा 'छुटको तरंग, दसैं तिहारमा उमंग' नाम दिइएको योजना सार्वजनिक गरेको छ । उक्त योजनामार्फत सामसुङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाइएको छ ।

ग्राहकले यो योजना अवधिभर सामसुङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसै गरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ । दसैंको उत्सवको क्रममा आफ्नो घर परिवारको लागि केही नयाँ कुरा जोड्ने इच्छालाई, सामसङको यो समसामयिक ग्राहकमुखी योजनाले सजिलै पूरा गर्न सहयोगी हुने विश्वास लिइएको छ । सामसुङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकलाई प्रदान गरिएको छ । सामसङ प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी सुविधा पनि रहेको कम्पनीको दाबी छ ।

कम्पनीद्वारा टीभीमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ । रेफ्रिजेरेटर तथा एसीको डिआइटि कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ भने त्यसै गरी वासिङ मेसिनको डिआइटी मोटरमा १० वर्षको वारेन्टी रहेको छ । विगत १५ वर्ष देखि सामसङ टीभी ग्लोबल नम्बर १ टीभी हुन सफल भएको कम्पनीले दाबी गरेको छ भने रेफ्रिजरेटरहरु र वाशिङ मेशिनहरुको पनि नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ ।

'छुटको तरंग, दसैं तिहारमा उमंग' यही २०७८ असोज १ गते देखि २०७८ कात्तिक २९ गतेसम्म वा स्टक रहून्जेलसम्मको लागि लागू हुने कम्पनीले जनाएको छ । 'छुटको तरंग दसैं तिहारमा उमंग' सामसुङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेतामार्फत लागू गरिएको छ ।