काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चेम्बर अफ कमर्सद्वारा प्रचार-प्रसार तथा अतिथि सत्कार समिति गठन

16.13K
shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य सन्तोष कुमार पाण्डेको सभापतित्वमा चेम्बरअन्तर्गत गठित प्रचार-प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका छन् ।

नव गठित समितिको सह सभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश पकंज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, राम राजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार नवराज चालिसे, मोहन ओझा, सोना अमात्य सुनिता वतासु रमिता राजभण्डारी र रमेश ढकाल मनोनित भएका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष भएकोले चेम्बरको छाता मुनी बसी अर्थतन्त्रको विकासको लागि योगदान दिने व्यवसायीको वास्तविक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रतिनिधित्व भएकोले नव मनोनित टीमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । समितिका सभापति सन्तोष कुमार पाण्डेले वर्तमान टीम नया सोच लिएर गठन भएका छ । नव गठित समितिले आगामी दिनहरुमा नयाँ कार्यक्रम ल्याइने बताए ।