मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री
वि.सं.२०७८ असोज ४ सोमवार २०:३९
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने दाबी गरे ।
‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने । प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिमन्डलले पूर्णता पाउने बताएका छन् । अध्यक्ष यादवले दल विभाजनसम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो पहिले निस्क्रिय हुनुपर्ने बताए ।

























