काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइबा पुरुष विश्व बक्सिङका लागि भुपेन्द्र पहिलो

13.44K
shares

नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । ५७ केजीको फाइनलमा एपीएफका पूरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । ७१ केजीमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दावा छिरिङ लामाबीच ६७ केजीको फाइनल प्रतिस्पर्धा हुने छ । सेमिफाइनलमा १३ औं सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दावाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए ।