स्पेनिस ला लिगा : रियलको जितमा नायक बने बेन्जिमा
वि.सं.२०७८ असोज ४ सोमवार १५:४४
shares

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । भ्यालेन्सियाको यो पहिलो हार हो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक/एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे । खेलको ६६औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे ।
त्यसपछि खेलको ८८औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को जित दिलाए । लिगमा रियलको यो चौंथो जित हो । प्रशिक्षक कार्लोस एन्सेलोटीको नेतृत्वमा रियल अपराजित छ । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ५ खेलमा १३ अंक जोडेको छ । भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

























