१२,५२४ पीसीआर परीक्षणमा १,३३२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
वि.सं.२०७८ भदौ ३० बुधवार २३:११
shares

१२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी कुल १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ७ लाख ८० हजार ८२४ जना पुगेको छ । त्यस्तै बिहीबार कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट हालसम्म १० हजार ९२१ जनाले ज्यान गुमाएका छन् । बिहीबार १ हजारु २२० जना संक्रमणमुक्त भएसँगै नेपालमा हालसम्म ७ लाख ४३ हजार ५२६ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् । जसमध्ये २४ हजार ६८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२९ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै २१८ जना क्वारेन्टिनमा छन्

























