global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा कोरोनाभन्दा आत्महत्या भयावह

कर्णालीमा कोरोनाभन्दा आत्महत्या भयावह

कर्णालीमा कोरोनाभन्दा आत्महत्या भयावह

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड-१९) का कारण ३७३ जनाले ज्यान गुमाइसकेका छन् । २०७७ साल जेठ ५ कर्णालीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको  थियो  ।

करिब १५ महिनाको अवधिमा कोरोना भाइरसको संक्रमणका कारण ३७३ जनाको निधन हुँदा विभिन्न कारणले आत्माहत्या गर्नेको संख्या भने ३६२ जनाले आत्महत्या गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ मा ३६२ जनाले कर्णालीमा आत्माहत्या गरेको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ । जसमध्ये ४७ जना बालबालिकाहरु रहेका हुन् ।

शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार तथा सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्रालयले वर्षभरी ३६२ ले आत्महत्या गरेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बस्नेतले  घरेलुहिंसा, सामाजिक संस्कार, बहुविवाह लगायतका आर्थिक कारणले समेत आत्महत्या हुने गरेको बताए ।

राजनीतिक, सांस्कृतिक कारणहरु पनि आत्महत्याको कारक भएको भन्दै बस्नेतले यसमा सबैले सचेत हुनुपर्ने बताए । ‘घरेलु हिंसासम्बन्धि ऐन पनि कमजोर छ,’ उनले भने, ‘ऐनले मेलमिलाममा जोड दिँदा झनै समस्या बढेको हो,’ किटनाशक औषधीहरु समेत रोकथामका कार्यक्रम गर्न जरुरी भएको बताए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले घर–घरमा आत्महत्यासम्बन्धि सचेतनाका कार्यक्रम गर्नुैपर्ने बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख निर्देशक डा. रबिन खड्काले आत्महत्या रोकथाम दिवस वर्षभरी नै मनाउनुपर्ने बताए । उनले कर्णाली प्रदेशको आत्महत्याको तथ्यांकअनुसार कम्तीमा १८० बढी विषयविज्ञ डाक्टर आवश्यक परे पनि जम्मा तीन जना डाक्टर रहेको बताए ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीले कर्णाली प्रदेशमा आत्महत्याको अवस्था भयावह भएको कारण वर्षभरी नै आत्महत्या रोकथाप दिवस मनाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले यसको लागि मन्त्रालयले गृहकार्य गर्ने सुनाए । कार्यक्रममा मनोविमर्शकर्ता, पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु