गृहपृष्ठ लिटमस केबलमा हमाल दम्पतिलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त

लिटमस केबलमा हमाल दम्पतिलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त

लिटमस केबलमा हमाल दम्पतिलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त

लुम्बिनी विद्युत उद्योग प्रालिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटीमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्द्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ ।

२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने कम्पनीले जानकारी गराइएको छ । लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।  चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

'कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटीमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोगसमेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको छ ।' कम्पनिका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए । ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडि हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल गर्‍याैं । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।' राजेश हमालले बताए ।  

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु