global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंकद्वारा घरमै बसी तीज मनाउन आग्रह

एभरेष्ट बैंकद्वारा घरमै बसी तीज मनाउन आग्रह

एभरेष्ट बैंकद्वारा घरमै बसी तीज मनाउन आग्रह

नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक विज्ञापन निकालेको छ । चाडबाड आएलगत्तै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भए तापनि अहिल्यैको परिस्थितिमा यसरी सबैजना भेटघाट गरेर चाडबाड मनाउनु अत्यन्तै जोखिम्पूर्ण रहेको बैंकको धारणा छ ।

अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै बैंकले विज्ञापनमार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षित रुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबूक पेज वा युटुब च्यानल मा गइ हेर्न सकिन्छ ।

बैंकमा हालसम्म करीब १२ लाख  ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ । 

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु