गृहपृष्ठ नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’
नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’
नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न 'नबिल डिजी वर्कस्पेस' ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जनाइएको छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले जानकारी गराइएको छ ।
नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे । नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ ।
बैंकको १३५ शाखा, १७६ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।
प्रकाशित समय : १८:३९ बजे



















